रहेनन् मर्दी पदमार्ग चिनाउने गौतम
कास्की | असोज १५, २०७९
कास्की ।
मर्दी पदमार्ग चिनाउने माछापुच्छ्रे गाउँपालिका ९ का युवा पर्यटन व्यवसायी सुदीप गौतमको निधन भएको छ । हाइक्याम्प नजिकै शुक्रबार पानी जोड्न गएको समयमा लडेर ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको वडा ८ का वडाध्यक्ष राम गुरुङले जानकारी दिए ।
‘अहिले प्रहरीको टोलीले शबलाई तल ल्याइसकेको छ, उनले भने, ‘पानीको पाइप जोड्न जादा लडेर ज्यान गएको भनिएको छ ।’
वडाध्यक्ष गुरुङका अनुसार हिजो (शुक्रबार) बेलुकीपख गौतम मृत भेटिएका थिए । मृतक गौतमले हाइक्याम्पमा होटल ट्रेकर इन र सिदिङमा ट्रेकर प्याराडाइज सञ्चालन गर्दै आएका थिए ।
उनी नेपाल पर्वतारोहण संघ गण्डकीका संस्थापक सचिव समेत हुन् भने उनी नेपाल ट्रेकिङ एजेन्सिज अफ नेपाल (टान) मा समेत आवद्ध दिए ।
उक्त घटनाबारे आवश्यक अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: आसन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कास्की क्षेत्र नं. २ का उम्मेदवार रश्मि आचार्यले विकास र समृद्धि नै आफ्नो एकमात्र अर्जुन दृष्टि भएको बताएका छन् । पो...
कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुकमा आयोजित घान्द्रुक पर्यटन महोत्सव शनिबार सकिएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक)को संयुक्त आयोजनामा बुधबारदेख...
पोखरामा शनिबार सम्पन्न गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष ह्याण्डबलमा कास्कीले दोहोरो उपाधि जितेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा सम्पन्न प्रतियोगिताम...

